१६ वटा वाणिज्य र विकास बैंकको सर्भरमा समस्या
गोरखापत्र अनलाइन
भाद्र १५, २०७६ आईतवार
नेपाल इलेक्ट्रोनिक्स पे सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ ।
शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् ।