logo
२०८१ जेष्ठ ५ शनिवार



ट्रक पल्टदा चालक घाईते

प्रदेश |
खुला |


ट्रक पल्टदा चालक घाईते


राजन रावत,

सिमकोट, भदौ १२ गते । जिल्ला उत्तरी क्षेत्रको नाम्खा गाउँ पालिकाको वडा नम्बर ५ को पाली पाल्बाङमा ट्रक दुर्घटना हुँदा चालक घाईते भएका छन् ।

सिमा क्षेत्र हिल्साबाट याल्बाङ्गतर्फ आउने क्रममा ब्रेक फेल भएपछि पानी पाल्बाङ्गमा दुर्घटना भएको हो ।

बा २ क ३७०५ नम्बर ट्रक दुर्घटना भएको र त्यसमा सवार चालक सहित तीन जना मध्य चालक घाईते भएको प्रहरी नायब उपरिक्षक रामप्रसाद घर्तीमगरले बताउनुभयो ।
घाईते चालक पोखरा निवासी राकेश बिसि हुनहुन्छ । गाडीमा सवार सहचालक लोकेन्द्र बिसि र अर्का एक जना नाम नखुलेका यात्रु रहेको र दुबै जना शकुसल रहेको प्रनाउ घर्तिमगरले बताउनु भयोे ।

घाईते चालक बिसिको स्थानीय स्वास्थ्य चौकीमा उपचार भै रहेको छ । सडक सञ्जाल नजोडिएको हुम्लामा हिल्साबाट याल्बाङसम्मको कच्ची सडकमा गाडी संचालन भै रहेका छन् । घटना स्थल सदरमुकाम सिमकोटबाट दुई दिन पैदल लाग्ने गर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?