बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित
रासस
चैत्र १९, २०७८ शनिबार
बेनी नगरपालिका–२ की ७२ वर्षीया यामकुमारी शर्मा विगत एक सातादेखि घाँटी चिलाउने, लामो समय नाक बन्द हुने, आँखा पिरो हुने र टाउको भारी हुने समस्याले ग्रस्त हुनुहुन्थ्यो । गत बुधबार अस्पतालमा गएर जाँच गराउँदा वातावरणीय प्रदूषणका कारण यस्तो समस्या आएको चिकित्सकहरुले बताएपछि उहाँले घरमा बस्दासमेत मास्क लगाउन सुरु गर्नुभएको छ ।