आसन्न स्थानीय निर्वाचन(सम्पादकीय)
गोरखापत्र अनलाइन
पुष ११, २०७८ आइतवार
संविधान सभाद्वारा वर्षौंको लामो छलफलपछि २०७२ सालमा नेपालको संविधान जारी गरिएसँगै संवैधानिक व्यवस्थाअनुरूप स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन सम्पन्न गराउनु संविधान कार्यान्वयन एवं सुदृढीकरणका दिशामा निकै महत्त्वपूर्ण कदम हो । प्रधानमन्त्री शेरबहादुर देउवाले नै पाँच वर्षअघि मुलुकको शासनाधिकार सम्हाल्नुभएको थियो । उहाँले वि.सं. २०७४ सालमा प्रतिनिधि सभा र स्थानीय एवं प्रदेश तहको निर्वाचन शान्तिपूर्ण एवं धाँधलीरहित...