प्रहरीको बोली व्यवहार (सम्पादकीय)
गोरखापत्र अनलाइन
पुष ९, २०७८ शुक्रबार
बोली व्यवहारले धेरै हदसम्म मानिसको सभ्यता तथा आचरणको अनुमान गर्न सकिन्छ । हरेक मानिसका बोली वचन सभ्य, सुसंस्कृत एवं मिजासिलो हुनुका अतिरिक्त ग्राह्य व्यवहारलाई न्यूनतम शिष्टाचार मानिन्छ । न्यूनतम शिष्टाचार विना कुनै पनि व्यक्ति वा सङ्गठनले समाजमा आफ्नो अस्तित्व कायम गर्न सक्दैन ।