अनुगमनको प्रभावकारिता (सम्पादकीय)
गोरखापत्र अनलाइन
आश्विन १७, २०७८ आईतवार
चाडपर्वमा वस्तुको माग धेरै हुने र बजारमा भीडभाड हुने भएकाले उपभोक्ता ठगिने सम्भावना पनि यसै बेला बढी हुन्छ । यही मौका छोपेर उत्पादक र बिक्रेताले बजारमा गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र मूल्य बढाएर थोरै समयमा धेरै नाफा कमाउने प्रयास पनि गर्छन् । यसैलाई ध्यानमा राखेर सरकारले बजार अनुगमनलाई चाडबाडमा तीव्र बनाउँछ, यस पटक पनि यो सुरु भइसकेको छ । नेपालको संविधान...