पेसागत व्यावसायिकतामा निजामती सेवा
गोरखापत्र अनलाइन
भाद्र २१, २०७८ सोमबार
यस शताब्दीका प्रख्यात चिन्तक युभल नोह हरारी ज्ञान, सीप र प्रविधिसँग परिस्कृत र अनुकूलित बनाउँदै नलगेमा केही दशकपछि मानवपुस्ता नै गतावधिक बन्नसक्ने खतरातर्फ विचार प्रवाह गरिरहेका छन् । कोरोना महामारीले संसारलाई स्तब्ध पारी मानव सभ्यतालाई अत्याएको बेलामा पनि धेरैजसो मुलुकले शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक नागरिक सेवा निरन्तर दिनसके, अहोरात्र खटेर वैकल्पिक प्रविधि विकास गरेर समृद्धिलाई साथसाथ लगिरहेका छन्...