अबको आवश्यकता प्रत्यक्ष निर्वाचित राष्ट्रपति
गोरखापत्र अनलाइन
भाद्र २०, २०७८ आईतवार
अहिले नेपालमा संसदीय शासन प्रणाली रहेको छ । परम्परागत संसदीय शासन प्रणालीका कतिपय पक्षमा सुधार गरिएको हुनाले नेपालको संसदीय प्रणालीलाई सुधारिएको प्रणाली भन्ने गरिएको छ । संविधान सभामा नयाँ संविधान निर्माण गर्दा सशक्त रूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली र संसद्ले निर्वाचित गर्ने प्रधानमन्त्रीय प्रणालीका सम्बन्धमा गम्भीर छलफल भएको थियो । यी सबै विचारका...