मुक्त हलिया अझै समस्यामा
गोरखापत्र अनलाइन
भाद्र २३, २०७८ बुधबार
नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेको १३ वर्ष पूरा भएको छ । यति लामो समयावधिमा पनि हजारौँ हलिया परिवारको सार्थक मुक्ति र समाजमा सम्मानजनक पुनस्र्थापनासहितको स्पष्ट चित्र कोरिन सकेको छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशका बझाङ, दार्चुला, बैतडी, बाजुरा, डोटी, डडेल्धुरा, अछाम, कैलाली, कञ्चनपुर, हुम्ला, जाजरकोट र सुर्खेत गरी १२ जिल्लामा सदियौँदेखि प्रचलनमा रहेको हलिया प्रथा दास प्रथाकै आधुनिक स्वरूप हो भन्दा फरक नपर्ला ।...