राष्ट्रिय सुरक्षाको सुदृढीकरण (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
कुनै पनि मुुलुकका लागि राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सुदृढ तथा सबल नभई मुलुकमा शान्ति, अमनचयन तथा स्थायित्वको परिकल्पना गर्न असम्भव हुन्छ । नेपालको संविधानमा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिस गर्ने दायित्वसहित राष्ट्रिय सुरक्षा परिषद्को...