आयात प्रतिस्थापनको आधार
गोरखापत्र अनलाइन
फाल्गुन २२, २०७८ आइतवार
राणाकालमा नेपालबाट भारतमा निर्यात हुने प्रमुख वस्तुमा धान, चामल, दाल, अलैँची, काठ, जुट, तेलहन, तेल आदि थिए । वि.सं. २०२०÷२१ तिर नेपालको भारतसँगको व्यापारमा व्यापार सन्तुलन नेपालको पक्षमा थियो । त्यस आर्थिक वर्षमा नेपालले भारतमा गरेको निर्यातबाट नेपालको पक्षमा व्यापार सन्तुलन तीन करोडभन्दा बढी थियो । नेपालबाट भारतमा छ करोडजतिको निर्यात हुन्थ्यो । भारतबाट आयात भने दुई करोड ८० लाखको भएको देखिन्छ ।
सन् १९७० को दशकसम्म...