नेपाल किन धर्मनिरपेक्ष हो ?
गोरखापत्र अनलाइन ,
जेष्ठ १५, २०७७ बिहीबार
नेपाललाई जसरी पनि हिन्दु राष्ट्र बनाएरै छाड्ने नेपाल र भारतका अभियन्ताहरूले दुइटा कुरा बुझेका छैनन् । पहिलो, मदन भण्डारीले उहिल्यै भन्नुभएको थियो– पञ्चायती व्यवस्थामा मुलुकमा राजाको सार्वभौमसत्ता थियो, राजा हिन्दु त्यसैले मुलुक पनि हिन्दु भयो तर प्रजातन्त्रमा जनताका प्रतिनिधिले शासन गर्ने भएकाले कुनै एउटा धर्र्मलाई विशेष अधिकार दिन पाइँदैन । त्यसैले नेपाल धर्मनिरपेक्ष हुनुपर्छ ।