ऐतिहासिक सुरुवात, रोमाञ्चक अपेक्षा
गोरखापत्र अनलाइन ,
जेष्ठ १४, २०७७ बुधबार
गतवर्षको कात्तिक १६ मा भारतबाट नेपालका केही भूभाग समेटेर राजनीतिक नक्सा प्रकाशन भयो । यसको प्रत्युत्तरमा नेपाललाई पनि अतिक्रमित भूमिसहितको नयाँ नक्सा सार्वजनिक गर्न दबाब पर्दै आएको थियो । अन्ततः सरकारबाट जेठ ७ गते देशको पूर्ण नक्सा जारी भयो । लगत्तै राजनीतिक तरङ्गका नयाँ धार तथा प्रतिधार छचल्किएका छन् । बहस पैरवीका नयाँ शिराहरू बन्दैछन् । राष्ट्र एकठाउँमा उभिएको छ, सिङ्गो देशको एक स्वर छ । नक्सा प्रकाशनसँगै...