नयाँ नक्सा र नयाँ जिम्मेवारी
गोरखापत्र अनलाइन ,
जेष्ठ १८, २०७७ आईतवार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो प्रधानमन्त्रीत्वकालको पहिलो चरणमा ( सन् २०१७ तिर ) भारतमै आयोजित एक सार्वजनिक कार्यक्रममा छिमेकीहरूसँगको सम्बन्धबारे चर्चा गर्दै ‘‘हमें जमिनकि भुख नहीं’’ (हामीलाई जमिनको भोक छैन ) भन्नुभएको थियो तर भारतको विगत र वर्तमानले उहाँको त्यो भनाइलाई पुष्टि नगर्ने मात्र होइन, गलत सावित गरिदिन्छ । किनकि छिमेकी मुलुकहरूसँग भारतको किचलोको लामो सिलसिला जमिन र जलसँगै जोडिएको छ ।...