प्राथमिकतामा रोजगारी वृद्धि (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
जेष्ठ २०, २०७७ मंगलवार
कोरोना (कोभिड–१९)सङ्क्रमणले सबैभन्दा जटिल प्रभाव पारेको क्षेत्र रोजगारी र त्यसको अर्थतन्त्र हो । कोरोना जोखिमका कारण विश्व बजारसँगै नेपालको श्रम बजार पनि प्रभावित छ । यति मात्र होइन, ठूलो सङ्ख्याका नेपालीले खाडीमुलुक, मलेसिया वा विश्वका विभिन्न देशमा रोजगारी गुमाएकाले उनीहरू नेपाल फर्केपछिको अवस्था विकराल हुनसक्ने देखिएको छ । कोरोनाका कारण केही बेरोजगार बनेका छन्, कतिको रोजगारी खुुम्चिएको छ । यसले वैयक्तिक...