साझा विश्व पहल अपेक्षित (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
जेष्ठ १८, २०७७ आईतवार
कोरोना रोग (कोभिड–१९) पछिको ग्लोबल (विश्व) परिदृश्य, विश्व व्यवस्था र संस्कृतिका बारेमा विभिन्न कोणबाट बहस र सम्भावना व्यक्त गर्न थालिएको छ । धेरैको बुझाइ यसपछि विश्व हातेमालो अझ कसिलो पारिनु पर्छ, संयुक्त पहल अझ आवश्यक हुनेछ, अहिलेसम्मका अपर्याप्त विश्व पहललाई नयाँ र प्रभावकारी रूपमा अझ सघन र ठोस बनाइनुपर्छ भन्ने छ । गजबको वैपरीत्य दृश्य देखिएको छ– एकातिर कोरोनाले सामाजिक दूरी कायम गर्नुपर्ने पाठ सि