कोरोना, अर्थतन्त्र र राहत
गोरखापत्र अनलाइन ,
चैत्र २१, २०७६ शुक्रबार
चीनको हुवेइ प्रान्तको वुहान क्षेत्रमा गत डिसेम्बर ३१ मा पहिलोचोटी फेला परेको कोरोना भाइरसले आज विश्वलाई भयभीत, त्रसित र स्तब्ध बनाएको छ । कोरोना भाइरसको महामारीबाट सिङ्गो विश्वकै मानव समाज इतिहासकै सर्वाधिक कठिन मोडमा पुगेको छ । विश्वका धेरै देश “लकडाउन” गरिएका छन् ।