महामारी र जनस्वास्थ्यका कार्यक्रम
गोरखापत्र अनलाइन ,
चैत्र १९, २०७६ बुधबार
सृष्टिको सुरुवातदेखि नै मानिसहरूले महामारी झेलेका छन् । महामारीको प्रकृति समयअनुसार फरकफरक तरिकाले हुने गर्छ । अहिले कोरोना भाइरस डिजिज (कोभिड १९) को प्रकोपले विश्व नै त्रासमा छ । यसको नियन्त्रण कहिलेसम्म हुन्छ भन्ने बारेमा अन्यौल कायमै छ । कोभिड १९ को सङ्क्रमण गति हेर्दा वैज्ञानिकहरू यसले ठूलै विनाश निम्त्याउन सक्ने आँकलन गर्न थालेका छन् ।