पुस्ता समानताको अभियान
गोरखापत्र अनलाइन ,
फाल्गुन २९, २०७६ बिहीबार
समान कामको लागि समान ज्याला, महिला र पुरुषबीच समान अस्तित्व र अधिकार, निश्चित कार्य घण्टा कार्य वातावरण, मताधिकार लगायतका विषयसँग जोडिएर शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले शताब्दी नाघिसकेको छ ।
इतिहासको लामो कालखण्डदेखि महिला अधिकार र महिला सशक्तिकरणका लागि विभिन्न अवधारणाहरु अवलम्वन गरिएको छ । न्याय, समानता र स्वतन्त्रताको लागि विभिन्न आन्दोलन तथा सम्मेलन भए, अर्बौ लगानी भए । प्रतिवद्धतामा हस्ताक्षर...