सङ्कट थप्नेलाई कारबाही (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
फाल्गुन २५, २०७६ आईतवार
चाणक्य नीति भन्छ– आपत्तिका बेला घरपरिवारका सदस्य र साथीभाइको परीक्षण हुन्छ । अर्थात् यस्तोबेला सबैको परीक्षा हुन्छ । कोरोना भाइरस (कोभिड–१९) को त्राससँगै बजारमा विभिन्न अत्यावश्यक वस्तुको कृत्रिम अभाव गरिएको छ । यो अभाव आपूर्तिमा भएको कमीले होइन अधिक भण्डारण र व्यापारीले सामान लुकाएर उत्पन्न भएको समस्या हो । देश र जनताका लागि ठूला गुड्डी हाँक्ने, सरकार, राजनीतिक दल र दलका नेतालाई अर्तीबुद्धि दिने सर्वसाधारण तथा...