पण्डित र परोपकार
गोरखापत्र अनलाइन ,
मंसिर २१, २०७६ शनिबार
परोपकाराहि सतां विभूतयः’ प्रयोग गर्नुपर्ने हो पण्डितजीहरूले सधैँ । तर, परपीडनका माध्यम बन्दा घृणा, निन्दा, तिरस्कारका पात्र बन्दै छन् धेरै । विद्वताको सदुपयोग गरिएको भए त्यस्तो हुन्थेन, दुरुपयोग गर्नाले हुन थालेको हो । धर्मको मर्म बिटुलियो । कर्मलाई विकृत पार्दा आस्थाप्रतिको विश्वास घट्दै गयो । व्यङ्ग्यचित्रमा समेत दलित युवतीद्वारा ‘जवानी चल्ने, पानी नचल्ने पण्डितजी ? भनेर सोधिन थालियो ।