पर्वतीय क्षेत्रको विकासमा युवा
गोरखापत्र अनलाइन ,
मंसिर २५, २०७६ बुधबार
पृथ्वीको शिरका रुपमा पर्वत शृङ्खला रहेका छन् । स्वच्छ वातावरण, खाद्यान्न, पानी जस्ता आधारभूत वस्तु र पारिस्थितिकीय सेवाको स्रोतका रुपमा रहेका पर्वत शृङ्खलाको दिगो विकास लक्ष्य कार्यान्वयन गर्दा युवाको समृद्धियात्रामा सहभागिता आजको आवश्यकता हो ।
पृथ्वीको २५ प्रतिशत भूभाग पर्वतीय क्षेत्रले ओगटेको छ । विश्वको कुल जनसङ्ख्याको करिब २० प्रतिशत मानिस यसै क्षेत्रमा बसोवास गर्छन् ।