सार्थक बन्दै गरेका प्रतिबद्धता
गोरखापत्र अनलाइन ,
मंसिर २६, २०७६ बिहीबार
२०७४ सालको सङ्घीय एवं प्रदेशसभाको निर्वाचनको प्रचार प्रसारका बेला नै तत्कालीन वाम गठबन्धनका ‘कमाण्डर’ केपी शर्मा ओलीले आगामी सरकार वामपन्थीको बन्ने र त्यसले सुशासन र देश विकासको कामलाई तीव्र गतिका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।