नेपालस्थित ब्रिटिस–इन्डियन हुलाक
गोरखापत्र अनलाइन ,
मंसिर २१, २०७६ शनिबार
करिब २०३ वर्षअगाडि अङ्ग्रेजी सम्राज्यले भारतीय उपमहाद्वीपमा स्वतन्त्र नेपालको राजधानी काठमाडौँमा सन् १८१६ देखि एउटा हुलाक कार्यालय स्थापना भएर सन् १९६५ सम्म पनि सुचारु थियो । त्यस हुलाक कार्यालयले अविच्छिन्न रूपमा नेपाली जनतालाई तत्कालीन सञ्चार क्षेत्रमा निकै ठूलो सेवा पु¥याएको थियो । सन् १७९० देखि १८१४ मा नेपालले पश्चिममा कुमाउ, गढवाल, काँगडा, सतलज, रावी नदीहरूसम्म विजय हासिल गरेर विशाल नेपालको स्थापना गर्न...