राष्ट्रिय उपलब्धिका पदचाप
गोरखापत्र अनलाइन ,
कार्तिक ३, २०७६ आईतवार
विश्वको शक्तिराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले ‘नेपाललाई अब भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्न सहयोग गर्ने र बढीभन्दा बढी नाका खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने’ भन्ने सञ्जीवनी बुटीका औजारले नेपालको पीडा र हीनताको उपचार गर्नुभयो । त्यसका साथै मुलुकले बेलाबेला भोग्नुपरेका र भविष्यमा समेत भोग्नुपर्ने नाकाबन्दीको घाउका क्यान्सरको सफल शल्यक्रियासमेत गरिदिनु...