logo
२०८१ बैशाख २३ आईतवार



कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सात विषयमा अध्ययन

मुख्य समाचार |


कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सात विषयमा अध्ययन



दीपक श्रेष्ठ

काठमाडौँ, वैशाख ९ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले कोरोना भाइरस सङ्क्रमणको प्रभावसम्बन्धी सातवटा विषयमा अध्ययन अगाडि बढाएको छ ।
स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाका रूपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमणपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो । एनएचआरसीका कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवालीका अनुसार सङ्क्रमणको सफल उपचार भएकाहरूको प्लाज्मामार्फत सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ ।
कोभिड–१९ को उपचारपछि घर फर्किएकी प्रसिद्धि श्रेष्ठले आफ्नो प्लाज्मा दिने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । यसको प्रभावको विषयमा समेत परिषद्ले अध्ययन गर्ने निर्णय गरेको तर त्यसका लागि आवश्यक कार्यविधि बन्ने क्रममा रहेको डा. ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, ¥यापिड डाइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर)को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरूको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको छ ।
यस्तै कोभिड–१९ को विषयमा नागरिकको ज्ञान, कोरोना भ्याक्सिन निर्माणको सम्भावना, कोरोना उपचारको सन्दर्भ, आयुर्वेदिक औषधि र नेपालमा पाइने बहुमूल्य वनस्पतिको अध्ययन र सेनिटाइजेसन टनेलले मानव स्वास्थ्यमा पार्ने प्रभावजस्ता विषयमा समेत परिषद्ले अनुसन्धानकर्तासँग मिलेर अध्ययन थालेको छ । उहाँले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सरकारलाई सहयोग पु¥याउने कार्यादेश पाएको परिषद्ले गत वर्ष हजारभन्दा बढी अध्ययन भएको जानकारी दिनुभयो ।
उहाँले परिषद्ले आजसम्म गरेका अध्ययन र अनुसन्धानलाई सरकारले कसरी लिएको छ र उपयोगमा कति ल्याइएको छ भन्ने विषयमा समेत अध्ययन थालिएको बताउनुभयो । सातवटा अनुसन्धानमा ५० भन्दा बढी अनुसन्धानकर्ताले काम गरिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?