logo
२०८१ बैशाख २३ आईतवार



जबजको सान्दर्भिकता झन् बढ्दो

मुख्य समाचार |


जबजको सान्दर्भिकता झन् बढ्दो


दीपक श्रेष्ठ

काठमाडौँ, वैशाख ४ गते । नेपाल कम्युनिस्ट पार्टी गठनको दुई वर्ष पुगेको छ । कम्युनिस्ट आन्दोलनका प्रमुख दुई धार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतापछि पार्टीले तात्कालिक कार्यक्रमको रूपमा ‘जनताको जनवाद’ अगाडि सारेको छ ।
जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय हत्या भएको जेठ ३ गतेकै दिन दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता घोषणा गरिएको थियो । दुई पार्टीबीचको एकताको सन्दर्भमा ‘जनताको बहुदलीय जनवाद’को सान्दर्भिकताबारे चर्चा परिचर्चा हुने गरेको छ ।
यसबारेमा नेकपाका महासचिव विष्णु पौडेलले भन्नुभयो, “जनताको जनवाद र जनताको बहुदलीय जनवादका अन्तरवस्तु र अन्तरतŒव समान छन् । ” उहाँका अनुसार ‘जबज’ले अगाडि सारेका अन्तरवस्तु र मूल्य मान्यतालाई नेकपाको तात्कालिक कार्यक्रम ‘जज’ले आत्मसात् गरेको छ ।
‘जबज’ नेपाली समाजमा माक्र्सवादको सिर्जनात्मक प्रयोगका रूपमा अगाडि सारिएको थियो । नेपाली क्रान्तिको तात्कालिक कार्यक्रमका रूपमा नेकपाले ‘जनताको जनवाद’ अगाडि ल्याएको छ । महासचिव पौडेलले भन्नुभयो, “जनताको जनवाद तात्कालिक कार्यक्रम भनिरहँदा समान अन्तरवस्तुको नयाँ नामकरण महाधिवेशनमा छलफल गरेर उपयुक्त निर्णयमा पुग्नेछौँ । ”
महासचिव पौडेलले लोकतन्त्रका सार्वभौम मान्यतालाई कम्युनिस्ट पार्टीले आत्मसात् गर्नुपर्छ र लोकतान्त्रिक प्रणालीका साथ अगाडि बढ्नुपर्छ भन्ने मान्यतासाथ मदन भण्डारीले जबजको सैद्धान्तिक खाका कोर्नुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आवधिक रूपमा जनताको विश्वास जितेर मात्रै राजनीतिक सत्ताको अधिकार कम्युनिस्ट पार्टीले लिनुपर्छ भन्ने धारणासाथ जनताको बहुदलीय जनवाद अगाडि सारिएको हो । ”
यस्तै डा. वेदुराम भुसालले पार्टी एकताको दुई वर्षको सन्दर्भमा एकतालाई उच्च महŒवसाथ लिनुपर्ने बताउनुभयो । डा. भुसालले जबजका चारवटा आयाम रहेको र त्यसका अन्तरवस्तुलाई ‘जज’ले आत्मसात् गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जबजका धेरै अन्तरवस्तु र आयामहरूको सान्दर्भिकता अहिले पनि छ । रूपका हिसाबले हिजोभन्दा अलि फरक रूपमा अँगालेका छौँ । ” डा. भुसालले जबजका चार आयामको चर्चा गर्दै सैद्धान्तिक र दार्शनिक, राजनीतिक, आर्थिक र सामाजिक एवं सांस्कृतिक आयाम प्रमुख रहेको बताउनुभयो । उहाँका अनुसार जबजले नेपालको परिप्रेक्ष्यमा माक्र्सवादलाई कसरी प्रयोग गर्ने भन्ने दार्शनिक र सैद्धान्तिक व्याख्या गरेको छ । यसको सान्दर्भिकता अहिले पनि कायम छ । राजनीतिक आयामका मान्यताहरू कार्यान्वयनमा छन् ।
आर्थिक आयामका रूपमा नेपालबाट सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको शोषण, दमन र उत्पीडनलाई पूर्ण रूपले अन्त्य गर्ने र स्वतन्त्र आत्मनिर्मर जनवादी अर्थतन्त्र निर्माण गरी समाजवादतर्फ अगाडि बढ्ने परिकल्पना जबजले गरेको छ । जुन आयामको प्रारम्भिक अवस्थामा नेपाल प्रवेश गरेको डा. भुसालको विश्लेषण छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुवर्गीय, बहुधार्मिक, बहुसांस्कृतिक चरित्रको समाज हो । यो समाजभित्र विभेद, असमानता छन् । तिनलाई मेटाउँदै जानुपर्छ र त्यसको ठाउँमा समानतामा आधारित समाज निर्माण गर्नुपर्छ भन्ने जबजको सामाजिक एवं सांस्कृतिक मान्यता हो । डा. भुसालले भन्नुभयो, “त्योअनुरूप सांस्कृतिक मूल्य मान्यता स्थापना गर्नुपर्छ । खासगरी श्रमको सम्मान गर्ने संस्कृति, मूल्य मान्यताको स्थापना गर्नुपर्छ; जसको सान्दर्भिकता कायमै छ । ”
नेकपाले अँगालेको नयाँ कार्यक्रम ‘जनताको जनवाद’मा जबजका चारवटा अन्तरवस्तु अधिकांश समाविष्ट भएको ठम्याइ डा. भुसालको छ । उहाँले भन्नुभयो, “जबजको अर्को महŒवपूर्ण पाटो भनेको शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट समाजवादमा पुग्न सक्छौँ र त्यो समाजवाद लोकतान्त्रिक मूल्य मान्यताको हुनेछ भन्ने नै हो । ” उहाँले भन्नुभयो, “अहिले निर्माण गर्ने जनवादी व्यवस्था लोकतान्त्रिक मूल्यमान्यताको हुन्छ । त्यसका साथसाथै शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट प्राप्त गरिने समाजवाद पनि लोकतान्त्रिक मूल्य मान्यतासहित नै हुनेछ भन्ने जबजको लक्ष्य थियो । ”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?