logo
२०८० चैत्र १६ शुक्रवार



मेलम्चीको पानी पठाउने तयारी

मुख्य समाचार |


मेलम्चीको पानी पठाउने तयारी


काठमाडौँ, चैत २५ गते । मेलम्ची खानेपानी आयोजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । बाढी र पहिरोले क्षतिग्रस्त आयोजना क्षेत्रको सफाइ र मर्मतका काम सकिएसँगै मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउने अन्तिम तयारी भएको हो ।

गत असार १ र साउन १७ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाका संरचना क्षतिग्रस्त बनेका थिए । नेपाल सरकारले मेलम्ची खानेपानी आयोजना यही चैत मसान्तभित्र सञ्चालन गर्ने लक्ष्य लिएको छ । आयोजनाका प्रमुख कार्यकारी निर्देशक वासुदेव पौड्यालले क्षतिग्रस्त आयोजनाको सफाइ तथा मर्मतको काम पूरा भई पानी पथान्तरणको तयारी भइरहेको जानकारी दिनुभयो । खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारले तोकेको समयसीमाभित्र पानी काठमाडौँ ल्याउने गरी कार्ययोजना बनाउनुभएको थियो । उहाँले त्यसअनुरूप काम भए नभएबारे पटक–पटक स्थलगत निरीक्षण गर्दै आउनुभएको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका वरिष्ठ इन्जिनियरसहित डेढ दर्जनभन्दा बढी प्राविधिक टोली आयोजना क्षेत्रमा खटिएका छन् । आयोजनाको मुख्यद्वारमा थुप्रिएको गेग्य्रान र ठूला चट्टान हटाएर सुरुङ मार्गको सफाइपछि पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाउन लागिएको हो । मेलम्ची खोलाको पानी २७ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर उपत्यकामा ल्याइने छ ।

आयोजनाका प्रमुखद्वार ‘वफर ड्याम’देखि अम्बाथानसम्मको ८०५ मिटर सुरुङमार्गभित्र जम्मा भएको लेदो सफाइ गरी सुरुङ प्रवेश गर्ने मुख्य ढोका खोलिएको छ । बाहिरी भागमा थुप्रिएका ठूला चट्टान नेपाली सेनाको विशेष टोलीले विस्फोट गरी हटाएको छ । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजन इन्जिनियर पदम कुँवरले पूर्वअनुमान गरेभन्दा धेरै क्षति गरेको पाइएकाले चैतको दोस्रो सातासम्म काठमाडौँ पानी पु¥याउने लक्ष्यमा केही ढिलाइ भए पनि चैत मसान्तभित्रै पानी पठाउन तयारी भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?