सुन्तलामा सिट्रस ग्रिनिङ्ग रोग, किसान चिन्तित्
गोरखापत्र अनलाइन
फाल्गुन ३, २०७८ मंगलवार
सुन्तलाका बोट पहेंलो हुँदै सुक्न थालेपछि सिट्रस ग्रिनिङ रोग लागेको जानकारी गराइएको छ । थोरै लगानीमा गर्न सकिने सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले यहाँका किसानले अन्नबाली लगाउन छाडेर सुन्तला खेती गर्दैआएको भए पनि सुन्तलामा रोग देखिएपछि किसान चिन्तित भएका छन् ।