प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता
गोरखापत्र अनलाइन
फाल्गुन २, २०७८ सोमबार
तनहुँमा प्रणय दिवसकै दिन आज चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । पारिवारिक मनमुटाव हुँदा हरेक वर्ष सम्बन्ध विच्छेदको सङ्ख्या वृद्धि हुँदैगएको देखिन्छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा तनहुँ जिल्ला अदालतमा ४ सय २८ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ ।