डा. अतीन्द्र दाहाल
प्रतीक्षारत रेलसेवा सुरुवातले अघिल्लो हप्ता समाचारको वृत्तलाई तरङ्गित बनायो । आमनागरिकले उत्साही रूपमा अवलोकन गरेको देखियो । नयाँ रेलसेवा प्रधानमन्त्री ओलीको पहिलो कार्यकालको एउटा महŒवाकाङ्क्षासमेत थियो । रेल, पाइपबाट तेल, आफ्नै पानीजहाज, घर–घरमा पाइपबाट ग्यास आदि जस्ता कुराहरूको सपना सुनाइएका थिए । केही सुरुवात भएका छन्, केहीमा काम हँुदै होला ।
यद्यपि त्यसबखत धेरैले उहाँलाई काल्पनिक तथा दिवास्वप्नदर्शीसमेत भने । जिन बद्रिलार्डको पुस्तक ‘सिमुलाक्रा एन्ड सिमुलेसन’मा भनिएको छ– सपना नै सिर्जनाको सशक्त सुरुवात हो । राइट दाजुभाइले उड्ने सपना देखेकैले हवाईजहाज बन्यो । तेन्जिङनोर्गे शेर्पाले सगरमाथा शिखर चुम्ने सपना देख्नुभयो अनि आरोहण गर्नुभयो । डा. सन्दुक रुइतले आममानिसलाई ज्योति दिने सपना देख्नुभयो । आज जो जहाँ जति सफल छन्, सबैले सपना देखे र पछ्याए, सपना नदेख्नेहरू छोडिए । त्यसैले राम्रा सपनाहरूमाथि अनादरपूर्ण आग्रह त्यागेर सबैले स्वमूल्याङ्कनको
अभ्यास थाल्नुपर्छ ।
आग्रहको आयतन
अफसोस, विगतमा बन्द गराइएको तर आधुनिक स्वरूपको रेल भिœयाइएलगत्तै विरोधका स्वरहरू पनि गुञ्जिए । कतै–कतै सङ्कीर्ण हिसाबमा भनिँदै थियो, ‘रेल त ३० वर्षपहिले नै थियो, नयाँ होइन ।’ सरकारबाट थुप्रै काममा सोचेजस्तो नतिजा देखिएको छैन होला । इच्छा, चाहना तथा क्षमताका बाबजुद सबैबाट सकारात्मक वातावरण तथा सहयोग चाहिँदैन र ? यसको समीक्षा गर्दै सकारात्मक सोच निर्माणमा सहयोग सट्टा केवल विरोधका लागि विरोधचाहिँ बौद्धिकताको दुरुपयोगमात्र हुन जान्छ । ३० वर्षपहिले रेल थियो, बीचमा बन्द भएकाले मानिसको सहज आवागमनलगायत अर्थतन्त्रमा समेत नोक्सानी भयो । त्यसलाई पुनर्जीवन दिँदा खुसी हुनुपर्दैन र ? खुसी नभए पनि अहङ्कारी रोदन र विरोध त शोभनीय किञ्चित हुँदैन । सिकिस्त भएर अस्पताल पु¥याइएको र प्रायः आस मारिसकेको बिरामीलाई सक्षम चिकित्सकीय कौशलका कारण बचाउने, सकुशल बनाउने र नयाँ जीवन दिने चिकित्सकमाथि हामीले सामान्य कृतज्ञता पनि देखाउनुपर्दैन र ? पहिले पनि बाँचेकै थियो, अहिले बँचाएर के नयाँ भयो भन्न मिल्छ ? त्यसरी आग्रह देखाउँदा त उक्त मानिस नबाँच्नुपथ्र्याे भन्ने सोच राखेको प्रस्टै देखिन्छ । यस्तो अनादरपूर्ण सोचले सम्पूर्ण तर्कशास्त्रको सौन्दर्य र गाम्भीर्यलाई नै
प्रदूषित गर्छ ।
विरोधभित्र समेत वैज्ञानिकता अनि सुधारको सोच समाहित हुनुपर्छ । बिस्तारै बन्द भएका कलकारखाना पुनःसञ्चालनमा आउलान् । बाँसबारी छाला जुत्ता, जनकपुर चुरोट, हरिसिद्धि टेक्सटायल, विराटनगर जुटमिल, गोरखकाली टायरदेखि रोजिन टर्पेन्टायनसम्मका दर्जनौँ उद्योगहरू पुनर्जीवित भई रोजगारी तथा स्वनिर्मित अर्थतन्त्रको आयामलाई सहयोग पुग्ने स्थिति भएमा यी त सबै पञ्चायत युगमै थिए नि भनेर उफ्रने ? नेपाल कुनै दिन आर्थिक हिसाबले आत्मनिर्भर बन्ला । यस्तो त २००७ सालमा प्रजातन्त्रको अभ्युदय आसपास पनि थियो नि भनेर आग्रह पोख्ने ? विदेशी मित्रराष्ट्रहरूलाई आर्थिक सहयोग गर्ने हैसियत बनाउला । त्यतिखेर राणा शासनकालमा पनि त प्रथम तथा द्वितीय विश्वयुद्धमा नेपालले बेलायतलाई आर्थिक सहायता गरेको थियो, कुनचाहिँ नौलो भयो र भन्ने कुतर्क तेस्र्याउने ? नेपालको पूर्ण नक्सा जारी भयो, त्यो त सुगौली सन्धिको आसपास पनि भएकै थियो नि भन्ने ? दरबार हाइस्कुल निर्माण भयो, राणा शासनमै थियो नि भनेर निहुँ खोज्ने ? भोलि हामी समुन्नत बनौँला, प्रगतिसाथ निर्यात उन्मुख व्यापारको अवस्था बन्ला । के त्यतिखेरसमेत यस्तो व्यापार नाफा त लिच्छविकालमा पनि थियो भनेर प्राप्त उपलब्धिलाई अस्वीकार गर्ने ? रानीपोखरीको मनमोहक नवनिर्माण भएको छ, अब यो त मल्लकालमा नै थियो भनेर उफ्रने ?
हो, नेपालको इतिहास गौरवशाली र अनुपम वैभवले भरिपूर्ण थियो । सम्मान र सामथ्र्य निकै उच्च थियो । डिल्लीरमण रेग्मीको ‘अनुभव र अनुभूति’ तथा सरदार भीमबहादर पाँडेको ‘त्यसबखतको नेपाल’ पुस्तक अध्ययन गर्दा उक्त जाज्वल्यवान अवस्था ज्ञात हुन्छ । लेखकको रोमाञ्चक व्याख्याले त्यस्तै समयको पुनरागमनप्रति मानिसलाई लोभ्याउँछ । तिनै हराएको क्षमता, गुमेको सामथ्र्यलाई पुनर्जीवित गरेर बढ्दै गएको परनिर्भरतालाई कम गर्नु नै विकासको आधार सत्य हो । समय लाग्न सक्छ, सहयोग र योगदान सबैबाट हुनुपर्छ ।
तर, भएका केही काममाथि पनि प्रायोजित पूर्वाग्रह तथा अपव्याख्याले समाजको विकास र सकारात्मक मनोविज्ञान निर्माण गर्दैन । स्वतन्त्रता भनेको स्वछन्दतामात्र हैन । सरकारबाट थुपै्र काम हुन सकेको छैन । विशेषगरेर आमजनजीवनमा सरोकार राख्ने काम अलिक सुस्त र अपेक्षितभन्दा कम भएकै हो तर केवल सरकारमात्र त्यसको दोषी होइन । सरकारको असफलता पछाडि आफ्नो असहयोग नै मुख्य कारण बनेको कुरा सफलताको आशा राख्ने अधिकांश सरोकार समूहले
स्वमूल्याङ्कन गर्नुपर्छ ।
स्वमूल्याङ्कनको अभाव
सामान्यतया सरकार आफैँमा सफल वा असफल बन्दैन । प्रत्येक सरकारको सफलता÷असफलता मातहतका सरोकारवालाको कार्यसम्पादन, सहयोगी स्वभाव, उत्तरदायित्व अनि सहकार्यबाट मात्र सम्भव हुन्छ । तर, यहाँ सार्वजनिक यातायातलाई व्यवस्थित गर्न खोज्दा सवारीधनीकोे विरोध आउँछ । व्यवस्थित कर प्रणाली तथा योगदानकर्तालाई जिम्मेवार बनाउन स्थायी लेखा नम्बर लागू गर्नमा, मजदुर तथा श्रमिक हितका लागि सामाजिक सुरक्षा कोषमा समाहित हुन अनि बैङ्कमार्पmत तलब भुक्तानीमा रोजगारदाताबाट अनिच्छा देखाइन्छ । पारदर्शी हुन रुचाइँदैन । प्रशासन सुदृढीकरणमार्पmत चुस्त, किफायती अनि नागरिक सेवा प्रवाहउन्मुख बनाउन खोज्दा कर्मचारीबाट सहयोग रहँदैन । ढिलो अफिस पुग्ने, छिट्टै निस्कने, सेवाग्राहीलाई भरे÷भोलि भन्ने र अधिकांश समय चिया पसलमा बिताउनेहरू पनि आफूलाई राष्ट्रसेवक भन्दै सरकार निकम्मा भएको भाषणबाजीमा उमङ्गित रहन्छन् । नजराना नलिईकन सेवाग्राहीको काम नगर्नेहरू सरकारले भ्रष्टाचार नरोकेको
आक्रोश देखाउँछ ।
सकेसम्म कसरी सबै संलग्न र व्यक्तिलाई जोगाइराख्ने भन्ने सामान्य प्रयास नगरी कोरोनाको बहानामा भकाभकी कर्मचारी बर्खास्त तथा जनशक्ति कटौती गर्नेहरू देशमा रोजागारी सुरक्षित नभएको भन्छन् । आफ्ना अधिकांश प्रकाशन बन्द गरेर लामो समय कार्यरत पत्रकारहरूलाई निर्मम अनि निर्दयी तवरले अलपत्र पार्ने सञ्चारका मालिकहरूचाहिँ अन्य क्षेत्रका कर्मचारीको बिजोग बनाइएकोमा सरकार उदासिन भन्दै कृत्रिम रोदन देखाउँछन् । नियमित आम्दानी छुटेकाले समस्यामा परेका मजदुरलाई एक÷दुई महिना बस्न सहजीकरण नगर्ने र बहालबाट जबर्जस्त निष्कासन गर्ने सहरी घरधनीहरू नै मजदुरको अवमूल्यन भएको बताउँछन् ।
शिक्षालाई उत्तरदायी, स्तरीय तथा आधुनिक बनाउने योजनामाथि विद्यालय सञ्चालक अनि शिक्षकहरूको जुलुस, आन्दोलन तथा धर्ना हुन्छ । बजार अनुगमन गर्दा स्वयम् बिक्रेताहरू आन्दोलनमा उठ्छन् । न्यायालय सुधारको प्रस्तावमा वकिल अनि निर्माणसम्बन्धी काममा केही नौला सुधार गर्न खोज्दा ठेकेदारहरूको विकराल तथा विशाल असहयोग साथै विरोधमा शक्ति नै प्रदर्शनसमेत हुन्छ । झन्डै आठ खर्ब रुपियाँ कर छली भएका तथ्याङ्कहरू बाहिरिँदै छन् । कर प्रणालीको सुधारमा व्यापारी÷व्यवसायीहरू अनि ढुवानीलाई व्यवस्थित गर्न खोज्दा ढुवानीकर्ताबाटै अवरोध आउँछन् ।
यदाकदा विदेशी राजदूतले सिधै मन्त्रीहरूलाई भेटेकोमा कूटनीतिक अनुपालनताको बर्खिलाप भएको सम्झाउने हैसियत राख्ने सम्पादकहरूलाई आफैँ दूतावासको रङ्गीन भोजमा जाँदा प्रवेशद्वार बाहिर टहल्नुपर्दा मर्यादाको ख्याल हुँदैन । देशमा सरकारले केही नगरेकाले विदेश लाग्ने जोश देखाउनेमा आफूले पनि योगदान गर्नुपर्ने होशको आभास आउँदैन । अहो ! सबैमा केवल गालीमोहसँगै विरोधको आदत छ ।
विश्वमा अधिक पढिएको तेस्रो पुस्तक मानिने नेपोलियन हिलको ‘थिङ्क एन्ड ग्रो रिच’ अनुसार परिष्कृत सोच र उन्नत विचारले मात्र सम्पन्नता अनि समृद्धि सम्भव हुन्छ । हामीकहाँ सोच खराब र कमजोर छ । पेसाकर्मी, व्यवसायी, शिक्षक, वकिल, सामाजिक अभियन्ता, विकास सहजकर्तालगायत समाजका अन्य सबै सरोकारवालाहरू आफूसमेत सुध्रनुपर्छ भन्ने आत्मसात् गर्न र त्यसको पहल गर्न तयार छैनन् । अहिले हरेक क्षेत्र व्यपारमा परिणत हँुदै छ, संलग्नहरू त्यसबाट अकुत वाञ्छित तथा अवाञ्छित नाफा वा आम्दानी गर्ने ‘रेन्ट सिकिङ एट्टिच्युड’बाट ग्रसित छन् ।
यहाँ कोही कसै सुध्रन तयार छैनन् । अरूको क्षेत्रमा सुधार होस् तर आफू संलग्न क्षेत्र त्यस्तै अस्तव्यस्त रहोस्, अनि मस्तले मनमौजी गर्न पाइराखियोस् भन्ने अभिरुचि छ । मबाहेक अरूचाहिँ सबैलाई सरकारले ठेगान लगाउनुपर्छ भन्ने छ । मैले वा मेरो क्षेत्रले पनि सरकारलाई सघाउनुपर्छ र त्यस्तो दायित्व रहन्छ भन्ने ज्ञानशून्यताको आग्रहपूर्ण सरोकार सोच नै आजको प्रधान समस्या हो । सबै सुध्रिएरमात्र देशको विकास हुन्छ, पहिले आफू र आफ्नो क्षेत्रबाट सुधार सुरू गरौँ । सोचमा सुधार यस अभियानको प्रथम तथा प्रधान थालनी बनोस् । सबैले आग्रह फालौँ र स्वमूल्याङ्कन थालौँ कि सुध्रनु त मैले पनि पर्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)