logo
२०८१ मंसिर ८ शनिवार



अविचलित एकता, समाजवादी आवश्यकता

कुनै पनि बहानामा एकीकरणसँगै जन्मिएका अपेक्षा भत्कनुहुँदैन

विचार/दृष्टिकोण |


अविचलित एकता, समाजवादी आवश्यकता


डा. अतीन्द्र दाहाल

गएको सङ्घीय निर्वाचनआसपास स्थायित्व र समृद्धिको नारासहित चुनावी गठबन्धन गरेका दुई प्रमुख कम्युनिस्ट पार्टीहरूबाट एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले सत्ता चालक छ । फरक परिस्थितिबाट आएका दलहरूबीचको एकताका कारण यसका केही कामहरू बाँकी होलान् । त्यसबखत एकाएक निर्वाचनमा तालमेलको उद्घोष गर्दा धेरैलाई अपत्यारिलो, अविश्वासी अनि आधारहीन हतारको निर्णयजस्तो लाग्थ्यो । आमसञ्चारमा नकारात्मक आसय अनि कटाक्षपले भरिएका शब्दहरूको प्रहार सघन थियो । अरू कसैले, अरूकै उद्देश्यअनुसार समीपमा ल्याइदिएको स्वनिर्मित विश्लेषणको आत्मरतिमा पौडिन सौखिन विद्वत्हरूको सङ्ख्या कम थिएन । पछिल्लोपटक सत्तासीन दलभित्र देखिएका मतभेद तथा अन्तरविरोधका केही परिघटनाहरूका कारण तिनीहरू अभैm आफ्नो विश्लेषणमा रोमाञ्चकता महसुस गर्दै छन् । त्यस्ता आत्मकेन्द्रित अवैज्ञानिक सङ्कथनलाई छाडेर हेर्दा त्यो एकता सतप्रतिशत सुखद संयोग थियो र त्यही प्रमाणित हुनुपथ्र्यो ।
मध्यकालीन राजनीतिका विख्यात इटालीका दार्शनिक एवम् चिन्तक मेकियाबेलीले प्रसिद्ध पुस्तक ‘प्रिन्स’मा प्रक्रियाभन्दा पनि परिणामलाई बढी ध्यान दिनुपर्छ भन्नुभएको छ । प्रक्रियाको प्राक्कथनमा नहराई विमर्श गर्दा एकताले सकारात्मक परिणाम दियो, समाजवादउन्मुखता चाहने दलले स्पष्ट बहुमत पायो, नागरिकमा आशा जगायो । वर्तमान विश्व राजनीतिले पनि समाजवादी राजनीतिक अभ्यासलाई नै प्राथमिकतासाथ शिरोपर गर्दै छ । दुई कम्युनिस्ट पार्टीको एकीकरणले नेपालीजनलाई समेत उक्त विश्व आर्कषणको अपेक्षित बनायो ।
विश्व आकर्षणमा समाजवाद
उच्च गरिबी, बेरोजगारी र सम्पत्ति एवम् स्रोतको अन्यायपूर्ण वितरण भएको अवस्थामा मानिस स्वभावैले पहिले समताको अभ्यास चाहन्छ । आफूले उचित स्थान अनि अधिकार पाउनुपर्ने एजेन्डा
(मुद्दा)मा समाहित हुन्छ । ती राजनीतिक मुद्दाहरूचाहिँ वाम विचारक दलसँग बढी हुन्छन् । उनीहरूको सञ्चारण अभ्याससमेत तीव्र रहन्छ । उत्पीडित, उपेक्षित, पिछडिएका आममानिसको सशक्तीकरणको विषय पनि तिनै दलहरूले उठाउँछन् । पछिल्ला अनुसन्धानले समाजवादी आन्दोलनको अन्तरङ एकदमै छिटो उत्कर्षमा आउनेर सुरूवातको ५÷१० वर्षमा नै मूल राजनीतिक प्रवाह बन्ने देखाउँछ । लेखक स्यामुएल पी हन्टिङ्गटनकृत ‘वेभ्स अफ डेमोक्रेसी’ नामक पुस्तकले सन् १९७० आसपास १० वर्षकै हाराहारीमा संसारभर एकैचोटि लगभग तीन दर्जनभन्दा बढी देशमा समाजवादी विचारका वामशक्तिको सशक्त उदय भएको देखाउँछ । वाम दलहरूको एकीकरणले नेपालमा त्यही प्रवाहलाई घनिभूत बनाएको थियो । स्थिरता, समृद्धिको सपना जागृत थियो । निर्वाचनमार्पmत उनीहरूको समाजवादी सोचको अनुमोदन भयो, देशमा इतिहासकै बलियो र अधिक आशा गरिएको सरकार बन्यो ।
लोककल्याणकारी राज्य निर्माणमा समाजवादी राजनीतिक अभ्यास अधिक हितकारी र सिद्धहस्त सहयोगी हुने कुरा पश्चिमा लेखकहरूसमेत स्वीर्काछन् । ह्यान्स हरम्यान होपको
‘डेमोक्रेसी ः द गड द्याट फेल्ड’ र डानियल बेलको ‘द चाइना मोडल’ उक्त सत्य सन्देश पैmलाउने सर्वाधिक चर्चित र समसामयिक सन्दर्भ सामग्रीहरू हुन् । पँुजीवादी भनिने युरोपियन देशहरूसमेत निःशुल्क शिक्षा, स्वास्थ्यको अभ्यास गर्दै छन् । कतिपय पक्षमा राज्यको अर्थपरक हस्तक्षेप र नियन्त्रण चाहन्छन् । यसरी समाजवादी अभ्यास विश्व राजनीतिकै आकर्षण बन्दै छ । वाम एकताबाट हामीमा पनि त्यस्तै आशा उदाएको थियो ।
अरू देशहरूमा समाजवादी भनिने दलचाहिँ एउटै र प्रजातान्त्रिक दलहरूचाहिँ धेरै हुन्छन् तर हामी नेपाली अपवाद थियौँ । सन् १९२१ तिर नेताद्वय चेन दुहिउ र ली दह्याजोको अगुवाइमा गठित ‘कम्युनिस्ट पार्टी अफ चाइना’ आज पनि त्यहाँको सर्वशक्तिमान एवम् एक्लो पार्टी छ । विनाविभाजन र दलदल आफूलाई अनि सिङ्गो देशलाई आश्चर्यचकित रूपमा समृद्ध बनाउँदै छ । देश, काल, परिस्थितिअनुसार बहुआयामिक सुधारको अवलम्बन गर्दै छ । १९३० तिर स्थापित ‘कम्युनिस्ट पार्टी अफ भियतनाम’ आजसम्म एकाकार छ । समाजवादी आकाङ्क्षाको अभ्यास गर्ने देशहरूबाट नयाँ विश्वसंरचना खडा हँुदै छ । रूसको बलियो नेतृत्वले समाजवादी शक्तिहरूलाई सशक्त देखाउँदै छ । अति उदारवादी पश्चिमा समाजहरू उष्ण मानवीय विचलन अनि उच्छृङ्खलताले थलिँदै छन्, आर्थिक हिसाबले पनि जर्जर हुँदै छन् । अर्कोतिर, बलियो दलमा आधारित बलियो राज्यको अभ्यास समृद्धि र सफल राष्ट्रनिर्माणको अचुक आधारशिला हुने तथ्य चीनले प्रमाणित गर्दै छ । दुई कम्युनिस्ट दलको एकीकरणले नेपालमा पनि यस्तै सफल भविष्यको सम्भावना सन्देश प्रवाह गरेको थियो ।
पछिल्लो १० वर्षमा चीनले उच्च औद्योगिक वृद्धि ग¥यो । तथ्याङ्कहरूमा ६६० मिलियन (६६ करोड) मानिस गरिबीको रेखाबाट उक्सिएको देखिन्छ । औसत आयु १० वर्ष बढेको, औसत आय दोब्बर भएको र साक्षरता लगभग ९० प्रतिशत पुगेको छ । ३० वर्षभित्र चीन संसारमा सबै कुरामा नम्बर एक बन्दै छ । आयातीत वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक अङ्कुश लगाई तिनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दै छ । आधुनिकता र विकासमा आर्थिकसँगै जोडिने सामाजिक, भौतिक, साँस्कृतिकलगायतका अन्य पक्षलाई चिनियाँ आधुनिकताले राम्ररी अनुशरण गर्दै छ । नागरिकमा एकता र देशसँगै सरकारप्रति गहिरो सम्मान, निष्ठा अनि समर्पण छ । समृद्ध र सभ्य देश निर्माणमा नेतृत्व अनि नागरिक सबैले सकेको योगदान गर्दै छन् । चीनको जस्तै हामीले पनि नितान्त मौलिक र स्वदेशी प्रारूपको आधुनिकता अनि विकासकोे अभ्यास गर्नुपर्छ । त्यसका लागि समाजवादी विचारधारामा आधारित सर्वमान्य अनि स्थिर राजनीतिक शक्ति प्रधान आवश्यकता हो । दुई दलबीचको एकीकरणले त्यो उत्साह भरेको थियो । तसर्थ, कुनै पनि हालतमा दलीय एकता नखल्बलिनु समाजवादी महŒवाकाङ्क्षाको अनिवार्य आवश्यकता पनि हो ।
अनिवार्य आवश्यकता
कुनै पनि बहानामा एकीकरणसँगै जन्मिएका अपेक्षा भत्कनुहुँदैन । नेकपाको अन्तरविवाद कोही कसैलाई लगानी र प्रतिफलको उपाय बन्ला । षड्यन्त्र र सफलताका वासलतका रूपमा रहला । तर, यसका शुभेच्छुकहरू अथवा राजनीतिको जानकार मात्रलाई मर्माहतचाहिँ बनाउँछ विभाजनले । किनकि उसको आन्तरिक लफडाले सरकारका काम–कारबाही र प्रभावकारितालाई असर पार्छ । वास्तवमा सत्तासीन वा अन्य कुनै किन नहुन्, दलहरू निरन्तर फुट्नु तथा लफडाबाजीको दलदलमा सदैव अल्मलिनु सबल प्रजातन्त्रका लागि समेत किञ्चित शुभ
समाचार हैन ।
सफल राष्ट्रनिर्माण मात्र सबै दल तथा नेताको एक र अन्तिम उद्देश्य बन्नुपर्छ । साँच्चै लोककल्याणकारी अनि उच्च नागरिक हित कायम भएको राज्य स्थापित हुनुपर्छ । विगतको लामो अस्थिरता र सङ्क्रमणले हरेक पेसा, व्यवसायदेखि सार्वजनिक सेवा÷सुविधामा समेत चरम लापरबाही अनि उग्र स्वेच्छाचारिता तथा निकृष्ट अव्यवस्थापनको जगजगी छ । यसको निराकरणमा राज्य आक्रामक रूपले प्रस्तुत हुनुपर्छ । बलियो दल अनि बलियो सरकारले मात्र यस्तो आँट गर्न सक्छ । व्यक्ति बलियो र राज्य कमजोर हुने अभ्यासले कहिल्यै देशको प्रगति सम्भव हुँदैन । मार्गरेट थ्याचरको समयमा बेलायत, फ्राङ्कलिन डी रूजभेल्टको नेतृत्वमा अमेरिका, ली क्वानको नेतृत्वमा सिङ्गापुर, महाथिर विन मोहम्मदको नेतृत्वमा मलेसिया, राजा भुमिबोलको नेतृत्वमा थाइल्यान्डमा भएका रोमाञ्चक प्रगतिमा राष्ट्रवादी सोचको सघनता थियो । हामीले पनि राष्ट्रवादी सोचको निर्माण अनि सोहीअनुसारको व्यवहार प्रदर्शन गर्नुपर्छ ।
समृद्ध अनि सबल देशको निर्माण सुरूवात गर्न पहिले आमप्रगतिशील समाजवादी विचारक दलहरू एकठाउँमा उभिनुपर्छ । नेपालमा प्रजातन्त्रको अभ्युदय (२००७) आसपास स्व. पुष्पलालको अगुवाइमा कम्युनिस्ट पार्टीको निर्माण भयो । यद्यपि, त्यसपछि विराट विरासत बन्नु सट्टा वामहरूमा उराठलाग्ने दलदलको कमजोर धरातलमात्र बन्यो । परिणाम, विभिन्न नाममा लगभग दुई दर्जन कम्युनिस्ट पार्टीहरू बन्न पुगे । बल्लतल्ल बनेको एउटामात्र शक्तिशाली समाजवादी वाम पार्टीसमेत फेरि विभाजनउन्मुख बन्नु प्रगतिशीलताको बर्खिलाप हुन्छ । सबैको लक्ष्य, सिद्धान्त र उद्देश्यसमेत एउटै भएकाले धेरै दलको आवश्यकता र औचित्य छैन ।
बीसौँ शताब्दीको उत्तराद्र्धमा लगभग चार दर्जन राष्ट्रहरूमा सफल भएको कम्युनिज्म एक्काइसौँ शताब्दीको सुरूमा आउँदा आधा दर्जन देशमा खुम्चिएको अवस्थाबाट नेपालको वाम राजनीतिले गम्भीर पाठ सिक्नुपर्छ । असहजता र अप्ठ्यारा होलान् तर त्यसैका आधारमा विभाजित भए आमनागरिकमा विशाल निराशा जाग्नेछ । दलहरूमाथि अविश्वास फेरि व्यँुतिनेछ, सरकारको स्थायित्व अनि भविष्यमाथि फेरि शङ्काको बादल मडारिनेछ ।
बलियो दल र बलियो सरकारले मात्र नागरिकका आशा पूरा गर्न सक्छ । समाजवादी आन्दोलनका अभ्यासलाई सार्थक तुल्याउन सक्छ । पुरानै राजनीतिक बेथितिबाट जोगिएर समृद्धिको सपनामा समाहित हुने बाटो फराकिलो बनाउन अनि आमनागरिकबाट सकारात्मक सहयोगको आशा गर्नसमेत दलीय एकता कायम रहनु सकारात्मक आवश्यकता हो । फुटेर हैन, जुटेरमात्र नागरिक र देशहितमा काम गर्न सम्भव हुन्छ । मिलेसम्म एकता नबिथोलिनुु नै राजनीतिक रूपमा शोभनीय हुन्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?