logo
२०८१ मंसिर ८ शनिवार



विकास स्वनिर्मित कि आयातित

वैदेशिक सहायता अनि विप्रेषणले थामिएको अर्थतन्त्रलाई स्वनिर्मित बनाउनुपर्छ ।

विचार/दृष्टिकोण |




डा. अतीन्द्र दाहाल

हरेक राजनीतिक घटनाक्रम तथा परिवर्तनहरूको सबैभन्दा मुख्य अपेक्षा अनि प्रधान बहस आधुनिकता र विकासमा केन्द्रित हुन्छ । यो विश्व राजनीतिको एक अलौकिक चरित्र पनि हो । यहाँसमेत गणतन्त्रको प्राप्तिपछि अधिकतम लोककल्याणकारी राज्य निर्माणको अभ्यासमात्र सबैको बाँकी सामूहिक अभिभारा हो । संविधानले पनि सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता राजनीतिक पक्षसँगै समाजवाद उन्मुख आधुनिक र विकसित देश निर्माणको अपेक्षा बोकेको छ । यद्यपि यस्तोे प्रयासका लागि आधुनिकता र विकासलाई आयातितभन्दा आत्मनिर्भर विशेषताका रूपमा बुझ्नुु जरूरी हुन्छ
आधुनिकताको आयाम
आधुनिकता कहिल्यै नभेटिने तर कहिल्यै नमेटिने एक अनन्त अनुभव हो । यसको कुनै आदि र अन्त्य हँुदैन । संसारका केही देशहरू गरिबी निवारण, भ्रष्टाचार नियन्त्रण, मानव अधिकार, विश्वव्यापार, शान्ति÷सुरक्षा, सुशासनका हिसाबले हामीभन्दा तुलनात्मक रूपमा आधुनिक र विकसित होलान् । तर उनीहरूमा समेत अब केही गर्न नै बाँकी नरहेको भने होइन । आधुनिकता र विकासको स्वरूप देशको भूराजनीति, संस्कार, समृृद्धिको सम्भावनाअनुसार फरक हुनसक्छ । चीनले अहिले आधुनिकताको नयाँ अभ्यास गर्दैछ । उसको सफल प्रयोगबाट हामीले शिक्षा लिनुपर्छ ।
आधुनिकता कसैको अन्धभक्त नक्कल नभई सामाजिक व्यवहारको वैज्ञानिक चिन्तन र अभ्यास हो । उपयोगितावादी चिन्तक बेन्थामका अनुसार अधिकतम मानिसको बृहत्तर हितको सम्भावनाका सबै पक्ष आफैँमा आधुनिक हुन्छन् । हाम्रा संस्कृति र व्यवहारहरू उच्च वैज्ञानिक छन् । पश्चिमाहरू पाउरोटी खान्छन्, हामी दालभात खान्छौँ । दालभात खानु पौष्टिक हिसाबले बढी महìवपूर्ण त छँदैछ पारिवारिक सद्भावको पक्षबाट पनि अर्थपूर्ण छ । दालभात छिट्टै सेलाउने हुँदा फरकफरक समय गरेर खान मिल्दैन, पकाउने बित्तिकै खानुपर्छ । तसर्थ खाना खाँदा सबै सदस्य एकजुट भइन्छ, पारिवारिक आत्मियतासमेत झन् सघन हुन्छ तर पाउरोटी खानेहरूका लागि यस्तो सौभाग्य हुँदैन ।
संसारभर महिला हिंसा र भेदभाव हुँदा हाम्रो प्राचीन सभ्यतामा उच्च समानता थियो । श्री सरस्वताय नमः, श्री गणेशाय नमः भनेर सबैलाई ‘श्री’ को सम्बोधन गर्दै बराबर हैसियत दिइन्थ्यो । तर अङ्ग्रेजहरूको मिस्टर, मिसेस अनि मिसलाई श्रीमान्, श्रीमती तथा सुश्री भनेर अनुवादका रूपमा लिएपछि लैङ्गिक विभेदले हाम्रो समाजलाई जकड्यो । ‘रेडलाइट एरिया’ र भु्रणहत्याको वकालत गर्ने अनि मानव अधिकारको समेत प्रवक्ता हुने पश्चिमा दोधारे नीतिलाई आधुनिकताको आधार मान्दा हामीसमेत सामाजिक विचलनमा भासिदैछौँ । हामी विविध हिसाबले संसारका थुपै्र देशभन्दा आधुनिक अनि वैज्ञानिक थियौँ र छौँ । व्यापक निराशाबीच विगतमा केही सकारात्मक विकाससमेत भएको छ ।
पछिल्लो २० वर्षमा शिक्षा, स्वास्थ्य र अन्य केही क्षेत्रमा रोमाञ्चक सुधारहरू भए ।
‘एजुकेसन अफ अल ग्लोबल मोनिटरिङ’ को प्रतिवेदनसमेत यही भन्छ । प्रजातन्त्र आउँदाको दुई प्रतिशत साक्षरता ८० हाराहारीमा छ, ९६ प्रतिशत बालबालिका विद्यालय जान्छन् । ८५ प्रतिशत नागरिक मोबाइल बोक्छन्, मातृ तथा बाल मृत्युदर दुई तिहाईले घटेको छ । विश्वव्यापी उपस्थिति जनाउँदै १९० देशमा नेपाली मानिसहरू बस्छन् । ‘ग्रोस ह्यापिनेस इन्डेक्स’ अनुसार खुसी मानिसहरू भएको देशकोे सूचीमा नेपालसमेत पर्छ । लोडसेडिङ अन्त्य भयो । शौचालय, खानेपानी, विद्युत्मा पहँुच बढ्दैछ, औसत आयु ७१ वर्ष पुग्यो । अझै सफल र सबल देश बन्ने आशा छ । विकास र आधुनिकतालाई मौलिक बनाउन छिमेकी चीनबाट समेत अथाहा दीक्षा
लिन सकिन्छ ।

आधुनिकताको चिनियाँ संस्करण
पछिल्लो २० वर्षमा चीनले उच्च औद्योगिक वृद्धि ग¥यो । ६६ करोड मानिसहरू गरिबीको रेखाबाट उक्सिएको देखिन्छ । तथ्याङ्कहरूमा विगत दुई दशकमा थप २० करोड मानिसले स्वच्छ खानेपानी पाएको, औसत आयु १० वर्ष बढेको, औसत आय दोब्बर भएको र साक्षरता लगभग ९० प्रतिशत पुगेको देखिन्छ । छिट्टै थप ३० करोड मानिसहरू गाउँबाट सहरमा स्तरोन्नति हँुदैछन् । थप १२ करोड मानिसले कार प्रयोग गर्नेछन् । ३० वर्षभित्र चीन संसारमा सबै कुरामा पहिलो बन्ने सोचमा छ । आयातित वस्तुदेखि विचार, प्रविधि, सञ्जालमा समेत आक्रामक नियन्त्रण गरी लगाई तिनलाई आफ्नै मौलिक विकास अभ्यासले प्रतिस्थापन गर्दैछ । आधुनिकता र विकासमा आर्थिकसँगै सामाजिक, भौतिक, सांस्कृतिकलगायतका अन्य पक्षसमेत जोडिन्छन् जसलाई चिनियाँ आधुनिकताले राम्ररी अनुसरण गर्दैछ ।
उनीहरूमा नागरिक एकता र देशसँगै सरकारप्रति गहिरो सम्मान छ । भौतिक सम्पन्नतासहित, मानवीय सभ्यता विकास उच्च छ । मोबाइलमा सार्वजनिक ठाउँमा कुरा गरेर अरूलाई बाधा पार्ने र सार्वजनिक ठाउँमा फोहोर फाल्नेको सङ्ख्यामा ५० प्रतिशतले कमी हुँदैछ । पेसाकर्मी, व्यवसायी, उद्यमी, विद्यार्थी, सरकारी कर्मचारीलगायत सबैमा देशप्रति निष्ठा र समर्पण बढ्दैछ । बच्चा÷बच्चीको स्याहार÷सुसार गर्ने पद्धतिमै भविष्यमा निर्माण गर्न खोजिएको सचेत नागरिकको आभाष देखिन्छ । सरकारको नीतिदेखि नागरिकको मानसिकतासम्म विशाल परिवर्तन हँुदैछ । बच्चाहरूलाई ठूला÷ठूला खेलाउने सामग्री किनिन्छ । अभिभावकहरूको भनाइ हुन्छ कि ठूला खेलाउने सामग्री भए बच्चा÷बच्चीले एक्लै उठाउन सक्दैनन् । उनीहरूले साथी बोलाउनुपर्छ, त्यहीबाट उनीहरू समूहमा काम गर्न सिक्छन् । यस्तै आधारहरूको सन्दर्भ लिँदै हामीले पनि नितान्त मौलिक र स्वदेशी प्रारूपको आधुनिकता अनि विकासको अभ्यास गर्नुपर्छ ।

हाम्रो सम्भावना
हामीले सबैभन्दा पहिले वैदेशिक सहायता अनि विप्रेषणले थामिएको अर्थतन्त्रलाई स्वनिर्मित बनाउनुपर्छ । आन्तरिक विकासका अथाह सम्भावनाहरू केलाउनुपर्छ । ‘ब्ल्याक डाइमण्ड’ समेत भनिने पेट्रोलियम रित्तिनै लाग्दा अबको भरपर्दो ऊर्जा भनेकै विद्युत् मात्र हो । यसको हामीसँग विराट सम्भावना छ, प्रचुर व्यापार गर्नुपर्छ ।
तत्कालीन असहजताको बावजुद पनि पर्यटन हाम्रो विकासको अर्को ‘अर्गानिक’ पक्ष हो । पछिल्लो समय अधिक आर्थिक प्रगति गरेका देशहरू बौद्ध धर्मावलम्बी छन् । उनीहरूलाई ‘टाइगर इकोनोमी’ समेत भनिन्छ । ती देशका मानिसहरूको सबैभन्दा महìवपूर्ण र पहिलो गन्तव्य लुम्बिनी हो । हामीले सांसरभरका ७० करोड बौद्ध धर्मावलम्बीहरूलाई उनीहरूको जीवनकालमा कम्तीमा एकपटक अथवा अहिले प्रतिवर्ष जति बौद्ध धर्मावलम्बीहरू पर्यटनमा जान्छन् त्यसको एक चौथाईमात्र प्रतिवर्ष नेपाल ल्याउन सक्दा पनि हाम्रो आर्थिक गति उदाहरणीय हुनेछ । संसारको ९९ प्रतिशत हिन्दु नागरिक भएको भारतका लागि हिन्दुधर्म सम्बन्धित थुप्रै तिर्थाटन हामीसँग छ । अधिकांश पश्चिमा पर्यटकचाहिँ सस्तो पर्यटन स्थान खोज्दैछन्, उनीहरूको समेत रोजाइमा नेपाल पर्छ ।
हिमालयको अध्ययन, अनुसन्धान र प्रयोगबाट समृद्धिको उत्तिकै सम्भावना छ । खनिजदेखि वातावरणीय पक्षसमेत हरेक प्रकारका स्रोत सम्पदामा हामी अनुपातिक रूपमा उच्च छौँ । कार्बन उत्पादन अधिकारको बिक्री अर्को नयाँ सम्भावना हो । विकासमा सर्वाधिक सिद्धहस्त हुने अनेकन सम्भावित परियोजना छन्, तिनीहरूको सफल सञ्चालन गर्दै आत्मनिर्भर आर्थिक विकास खोजिनुपर्छ । तर काम पनि अरूको देशमा गर्नेसँगै अरूकै भाषा÷लवज, पहिरन, खाना अनि संस्कृतिको नक्कलले देश विकसित अनि आधुनिक केही पनि हँुदैन । नेपाली परम्पराअनुसारको वनभोज वा विवाह मण्डपमा हिन्दी वा अङ्गे्रजी गीत बजाएर नाच्दैमा आधुनिक होइदैन । जबर्जस्त अङ्ग्रेजी बोल्नुमा नै आधुनिकता पुष्टि हुँदैन । भड्किला पोसाक तथा असामाजिक अश्लीलताका व्यवहारले आधुनिकता देखाउँदैन । आधुनिकता समाजका हरेक पक्षलाई आफ्नोपन नहराउने गरी वैज्ञानिक र व्यावहारिक बनाउनु हो । आफ्नोपनलाई यथासक्य संरक्षणसहित लोकप्रिय बनाउँदै सकारात्मक रूपान्तरण गर्नु हो । हाम्रै परम्पराका राम्रा पक्षहरूको अनुसरण, अवलम्बन अनि व्यापक अभिमुखीकरणसाथ प्रचार÷प्रसार गर्नु चाहिँ आधुनिकता हो । दास मानसिकता लिएर अरूको (कु)संस्कारलाई सहर्ष स्वीकार्नु आधुनिकता अनि विकास हुन सक्दैन ।
विकसित हुनु भनेको पश्चिमाको नक्कल गर्नु होइन । हामीले नेपाली मौलिकतामा आधारित फरक आयामको आधुनिकता र विकासको खोजी गर्नुपर्छ । आफ्नो मौलिक परिचय निर्माण गर्दै त्यस्को वैज्ञानिक प्रष्टीकरणबाट मात्र आधुनिकता र विकास सम्भव हुन्छ । केवल सरकार वा कुनै एक पक्षको प्रयासले हैन, आम नागरिक संस्कारले आधुनिकता र विकास प्राप्त हुन्छ । आधुनिकतामा अपनत्वको प्राथमिकता र प्रभाव देखिनुपर्छ । मौलिक आधुनिकता र विकासको प्रवद्र्धन गर्नुपर्छ अनि त्यसैमा गौरवान्वित हुनुपर्छ । पूर्वाधार साथै संस्कृतिको व्यापक विस्तार गर्दै नागरिक सोच, स्वभावसमेत बदल्नुपर्छ । आन्तरिकरूपमा सक्षम अनि बाह्य हिसाबले सम्मानित देश बन्नुपर्छ ।
आर्थिक हिसाबले सम्पन्न, सामाजिक हिसाबले समुन्नत, सांस्कृतिक हिसाबले समन्वयित, व्यावहारिक हिसाबले वैज्ञानिक तथा प्रगतिका हिसाबले सकारात्मक हुन चाहिँ अनुकरणीय आधुनिकता र विकासका उच्चतम पर्याय हुन् । यद्यपि यी सबै कुरामा विशिष्ट प्रकारको आफ्नोपन झल्कनुपर्छ । अब अरूको नक्कलसट्टा आफ्नै अक्कलले अनि आयातित नभई स्वनिर्मित स्वरूपको आधुनिकता तथा विकास खोज्नु र रोज्नुपर्छ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?