logo
२०८१ मंसिर ८ शनिवार



निर्वाचनमा मतदाताको जागरुकता

विचार/दृष्टिकोण |




भरत गौतम

प्रजातन्त्र भन्नाले जनताद्वारा जनताका लागि जनताको निमित्त गरिने सामूहिक राजनीतिक अभ्यास हो भनेर अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिङ्कनले भनेका थिए । प्रजातन्त्रका लागि सामूहिक प्रयत्न गर्न कुशल नेतृत्वको आवश्यकता पर्दछ । प्रजातन्त्रमा नेतृत्व गर्ने योग्य, कुशल र दुरदृष्टिसहितको सक्षम जनप्रतिनिधि भएमा मात्र जनताको अपेक्षाको सम्बोधन हुने आधार तय हुन्छ । प्रजातन्त्रलाई लोकतन्त्रको नामबाट हेर्ने गरिएको पाइन्छ । जनताको प्रतिनिधि छान्ने अवसर निश्चित समयमा प्राप्त हुने र उक्त समयमा मतदाताले सचेत भएर आफ्नो प्रतिनिधि छान्न अग्रसर भई लोकतन्त्रको अभ्यासमा सक्रियता देखाउनु पर्दछ ।

दलीय व्यवस्थामा दलहरू जनताका प्रतिनिधिका लागि दलीय जनप्रतिनिधिहरू छान्न जनतालाई विभिन्न अवसर प्रदान गरेका हुन्छन् । ती अवसरको राम्रो उपयोग गरी शासकीय व्यवस्थामा कुशल जनप्रतिनिधि पठाउन नागरिक वा मतदाताले महìवपूर्ण भूमिका निर्वाह गर्नु पर्दछ ।आवधिक निर्वाचन नै लोकतन्त्रको असल प्रणाली हो भने जनताले लोकतन्त्रको उपयोग र अनुभूति गर्ने अवसर पनि हो । नेपालमा २०७९ साल सङ्घ, प्रदेश र स्थानीय तहको चुनाव हुने वर्ष भएकोले आम नागरिक मतदाता उक्त महान् कार्यमा सक्रिय भई आगामी पाँच वर्षका लागि राम्रो दलका राम्रा प्रतिनिधि छान्न वा जनप्रतिनिधि चुन्न सचेत भई अग्रसर हुनुपर्ने देखिन्छ । यो अवसरलाई शासकीय सुधार तथा परिवर्तनको आधारको रूपमा पनि हेर्ने गरिएको पाइन्छ । लोकतन्त्रमा मतदाताले आवधिक निर्वाचनलाई विशेष अवसरको रूपमा लिई आफूलाई क्रियाशील बनाई शासकीय सुधारमा समाहित गर्नु पर्दछ ।

निर्वाचन शिक्षा तथा सूचनाको बिस्तार, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार भन्ने नारासहित निर्वाचन आयोगले मतदाता शिक्षालाई जोड दिएको छ । मतदाताले आफ्नो भविष्य आफँै बनाउन स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनको वातावरणका लागि सक्रिय रहनुपर्ने आवश्यकता भएकोले मतदातालाई सचेत बनाउने मनसायले मतदाता शिक्षामा जोड दिइएको छ । हाम्रोजस्तो सामाजिक परिवेशमा आवधिक निर्वाचनलाई प्रभावकारी बनाउन मतदाता शिक्षाबाट योग्य, कुशल र सक्षम नेतृत्व छान्न नागरिक वा मतदातालाई जागरुक बनाउन आवश्यक छ । मतदाताले निर्वाचनको सुरुदेखि अन्त्यसम्म स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । निर्वाचनलाई कम खर्चिलो बनाउने, चुनावमा मतदाता सहभागिता बढाउने, जनप्रतिनिधिका सम्भाव्य उम्मेदवारसँग लोकतन्त्र, सुशासन र विकासका सम्बन्धमा बहस गर्ने र निर्वाचनपछिका भावी कार्यदिशामा छलफल गर्नेजस्ता काम मतदाता शिक्षाको एउटा महìवपूर्ण काम पनि हो । सरकारले धेरै रकम खर्चेर गरेको निर्वाचनबाट लोकतन्त्र पूर्वाधार बलियो बनाउन र भोलिको प्रभावकारी शासकीय व्यवस्था ल्याउन मतदाता समयमै सचेत हुनुपर्ने हुन्छ ।

मतदाता शिक्षा विकसित देशमा भन्दा विकासशील र अल्पविकसित देशमा बढी प्रभावकारी हुन्छ । निरक्षर मानिसहरू हुने, सबैले शिक्षाको अवसर प्राप्त गर्न नसकेको अवस्था र गरिबीको अवस्था रहेको स्थितिमा निर्वाचित भई आउनेले हाम्रा लागि केही गर्दैनन् कागलाई बेल पाको हर्ष न विस्मात् भनेजस्तै हो भन्ने प्रचलन रहेको छ । यस्तो वर्गलाई दलीय व्यवस्थामा भोट बैङ्कको रूपमा प्रयोग गरिएको पाइन्छ । क्षणिक लाभमा भुलाउने, त्यस्ता क्षेत्रमा चुनावी प्रलोभन देखाउने र सबै उम्मेदवारलाई त्यस्ता क्षेत्रमा प्रवेश गर्न नदिई बलियाको रजाइ हुने जस्ता क्रियाकलापहरू चुनावी समयमा हुने गरेको देखिन्छ । मतदाता शिक्षाले यस्ता क्षेत्रलाई केन्द्रबिन्दु बनाई ती मतदाताको अधिकार संरक्षण गर्ने र उनीहरूको भविष्य सुनिश्चित हुने गरी स्वच्छ र निर्भिक भई मतदान गर्ने वातावरणका लागि जोड दिनु आवश्यक छ । दल तथा जनप्रतिनिधिको दायित्व र भावी कार्य दिशामा बहस गर्ने र नागरिकको अवस्थालाई शासकीय कार्यशैलीबाट सम्बोधन हुने वातावरण बनाउन जोड दिनुपर्दछ । निर्वाचनमा दलीय घोषणापत्रले समसामयिक समस्याको समाधान गर्ने र जनअपेक्षाको योजनागत कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धताका लागि जनदबाब दिनु आवश्यक हुन्छ ।

मतदाता शिक्षाको पहिलो काम मतदाताको नाममा संलग्न हुनु र गराउनु हो । मतदाता भएपछि उसले राज्यको भूमिकामा प्रत्यक्ष वा अप्रत्यक्ष आफ्नो सहभागिता जनाउने अवसर प्राप्त हुने र लोकतान्त्रिक प्रक्रियामा आफूलाई समाहित गर्न पाउँछ । दोस्रो निर्वाचन प्रक्रियामा भड्किलो हुन नदिन तथा स्वच्छ, निष्पक्ष र निर्भीक रूपमा मतदान गर्न पाउने अवसरका लागि वातावरण बनाउने क्रियाकलापमा सहयोगी भूमिका निर्वाह गर्न मतदाता शिक्षाले मद्दत पु¥याउँछ । तेस्रो दलीय प्रतिनिधि वा जनप्रतिनिधिका उम्मेदवारले निर्वाचनपछि गर्ने भावी नीति तथा कार्यक्रमका विषयमा व्यापक छलफल गर्न सहभागी हुने र जनप्रतिनिधि भएपछि कार्यान्वयन तहमा सक्रिय बनाउने अवस्था सिर्जना गर्नु पर्दछ । चौथो निर्वाचनको दिन इच्याइएको उम्मेदवारलाई निर्भीकताका साथ मतदान गर्ने र मतदान गर्ने विषयमा पूर्ण जानकार भई मतदाता सबैले मतदान गर्न अग्रसर हुनु पर्दछ । अन्त्यमा कसैको प्रलोभनमा नपरी निर्वाचन आचारसंहिताको पालना गर्ने र आफूले मन परेको दलको उम्मेदवार वा अर्को प्रतिनिधिलाई निष्पक्ष मतदान गर्न सरिक हुने वातावरण बनाउन महìवपूर्ण भूमिका निर्वाह गर्न मतदाता शिक्षामा जोड दिन आवश्यक छ ।

मतदाताले मतदान गर्ने चुनावको तहअनुसार आफूलाई जागरुक गराउनु पर्दछ । सङ्घीय तहको चुनावबाट सङ्घीय सरकार बन्ने हुँदा देशको भावी सरकारका लागि सचेत भई मतदानमा सहभागी भएर जनअपेक्षित सरकार बनाउन अग्रसर हुनुपर्ने हुन्छ । प्रदेश तहको चुनावमा प्रदेश तहको शासन व्यवस्था सुदृढ बनाउन मतदाताले सचेत भई मतदान गर्न अग्रसर हुनुपर्ने हुन्छ । अर्कोतिर, स्थानीय तहको सरकार घर दैलोको सरकार भएकोले स्थानीय तहको निर्वाचनमा मतदाताले विशेष ध्यान दिनुपर्ने देखिन्छ । समग्रमा चुनावमा सचेत नभएपछि पछुताउनु पर्ने अवस्था हुने हँदा मतदाताले भोलिको भविष्यका लागि बेलैमा सचेत हुनु आवश्यक छ । मतदाता शिक्षाले साक्षर नागरिकभन्दा साक्षर हुन नसकेका गरिब विपन्न र शिक्षाको अवसर नपाएकालाई विशेष जोड दिनुपर्ने हुन्छ । मतदाता शिक्षा निर्वाचन आयोगको मात्र काम नभई अन्य सरकारी गैरसरकारी निकाय र सञ्चार माध्यम एंव नागरिक समाजको समेतको जिम्मेवारी र दायित्व पनि हो । स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न आम मतदातालाई निर्भीकताका साथ मतदान गराई शासकीय व्यवस्था जनकेन्द्रित र प्रभावकारी बनाउन सबै पक्षले सचेत भई निर्वाचनमा सक्रियता देखाउनु पर्दछ ।

निर्वाचन लोकतान्त्रिक व्यवस्थाको महìवपूर्ण पक्ष हो । नागरिकले निर्वाचनलाई विशेष महìव दिइएन भने भोलिको शासकीय व्यवस्था नागरिकमैत्री हुने अवस्था रहँदैन । शासकीय कार्यशैली एकातिर जनताको अपेक्षा अर्कोतिर भई द्वन्द्वको अवस्था सिर्जना हुन सक्छ । निष्पक्ष चुनाव नभएका कारण नागरिकका हक अधिकारहरू कुण्ठित हुन सक्छन् । अप्रत्यक्ष सहभागिता हुने लोकतान्त्रिक पद्धतिमा जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने हुँदा निर्वाचनपछि जनता र जनप्रतिनिधि बीचमा राम्रो सम्बन्धबाट सुशासन, विकास र स्थायित्व हुनु पर्दछ तर स्वच्छ निर्वाचन नभए उक्त परिणाम प्राप्त गर्न कठिन हुन्छ र चुनाव उत्सव मात्र हुने र जनताले प्रभावकारी शासन व्यवस्थाको अनुभूति गर्न अवसर पाउँदैनन् । यी यावत् समस्या समाधान गर्ने उपाय नै लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचनको निष्पक्ष र स्वच्छ हुनु आवश्यक छ । निर्वाचनलाई प्रभावकारी बनाउन विपन्न, निरक्षर र गरिब समुदायमा विशेष महìव दिई मतदाता शिक्षाका कार्यक्रमहरू अघि बढाउनु पर्दछ । मतदाता शिक्षा प्रभावकारी भएमा मतदानमा मतदाताको सहभागिता बढ्ने योग्य र सक्षम जनप्रतिनिधिको चयन हुने र भोलिको शासकीय व्यवस्था जनअपेक्षित भई प्रभावकारिता बढ्ने सुनिश्चित हुन्छ । जनताले जनताका लागि शासन गर्ने पद्धतिको विकास हुन्छ र लोकतन्त्र सुदृढ हुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?