मिडिया–शक्ति र अनेक बुझाइ
डा. कुन्दन अर्याल
असार १९, २०७८ शनिबार
बेलाबेला सुनिन्छ, कसैले मिडिया सञ्चालक वा पत्रकार भएको अनुचित फाइदा उठाउन खोज्यो । कतिपय बेला सुनिन्छ, पत्रकारले कुनै विषयलाई अत्यधिक महŒव दिँदै जनमतमा अनुचित प्रभाव जमाउन खोज्यो । त्यतिमात्र होइन, हिजोआज धेरै सुनिन्छ, अमूक मिडिया आउटलेटले अमूक विषयमा एजेन्डा नै सेट गर्न खोज्यो । आजको समाज मूलतः मेडिएटेड सञ्चारमा आश्रित छ । विश्वका हरेक कुनाको व्यक्तिलाई विश्वभरका मानिससँग संवाद गर्नुपरेको छ, विश्वभरको जानकारी...