सञ्चार प्रविधि क्षेत्र सुधारको प्रभाव
गोरखापत्र अनलाइन
असार १६, २०७८ बुधबार
नेपाल सरकारले दीर्घकालीन रूपमा कार्यान्वयन गर्ने गरी डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रम सुरुवात गरिसकेको छ । यसको कार्यान्वयनबाट जनताले पाउने सेवा छिटो छरितो तथा भरपर्दाे हुनुका साथै सुशासनमा प्रत्याभूतिसमेत गरेको छ । डिजिटल नेपाल फ्रेमवर्क, २०७६ ले सञ्चार र सूचना प्रविधिको क्षेत्रमा विकास, नीतिनिर्माण तथा नियामक कार्य गर्ने लक्ष्य लिएको छ । फ्रेमवर्कले डिजिटल फाउण्डेसन र कृषि, स्वास्थ्य, वित्तलगायतका आठ वटा...