धारामा मेलम्ची (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र १७, २०७७ मंगलवार
मेलम्ची खोलाबाट ल्याइएको पानी गत आइतबार दिउँसो काठमाडौँका चाबहिल, बत्तीसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायत क्षेत्रका उपभोक्ताको घरघरमा वितरण गरिएको छ । प्रशोधनपछि पिउनयोग्य पानी महाकाँलचौरस्थित ट्याङकी (पोखरी) बाट वितरण गरिएको हो । आगामी केही दिनभित्रमा उपत्यकाका विभिन्न भागमा पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ । चार चरणमा विभाजन गरी पानी वितरण गर्ने भएको...