उपलब्धितर्फ वित्तीय व्यवस्थापन सुधार
गोरखापत्र अनलाइन ,
श्रावण १६, २०७७ शुक्रबार
राज्य सञ्चालनमा सार्वजनिक वित्तीय व्यवस्थापन संवेदनशील विषय मानिन्छ । सरकारको आम्दानी, खर्च र सम्पत्तिको व्यवस्थापन जति पारदर्शी, जवाफदेही र स्वच्छ बनाउन सकियो, त्यसैको सापेक्षमा शासकीय प्रणालीको वैधता र विश्वास देखिन्छ । सरकारका यावत् क्रियाकलाप र नीति कार्यक्रम प्रभावकारी बनाउने आधार भनेकै सार्वजनिक वित्त व्यवस्थापन हो । भनिन्छ, सरकारले जे गर्दा पनि आम्दानी गर्छ वा खर्च । त्यसैले भन्ने गरिन्छ सरकार नै वित्त...