बाढी पहिरोप्रति सतर्कता (सम्पादकीय )
गोरखापत्र अनलाइन ,
असार २५, २०७७ बिहीबार
असारको दोस्रो हप्तादेखि भदौ पहिलो हप्तासम्म नेपालमा ठूला बाढी, पहिरो तथा डुबानका घटना दोहोरिने गर्छन् । यो अवधिमा जनधनमा व्यापक क्षति पुग्ने गरेको छ । यो वर्ष आज बिहीबारदेखि देशका विभिन्न ठूला नदीमा हुने उच्च प्रवाहले सतर्कता तह पारको पूर्व सूचना दिइएको छ । यो हप्ता मनसुन अति सक्रिय हुने भएकाले नदी, खोला र खहरेमा बाढी आउनसक्ने हुँदा जनधनको क्षति कम गर्न सतर्क रहनुपर्ने देखिएको छ । जल तथा मौसमविज्ञान विभागले असार...