बजारमा तिहारको चहलपहल बढ्यो, भाइमसला किन्ने बढी (फोटो फिचर)
गोरखापत्र अनलाइन
कार्तिक २८, २०७७ शुक्रबार
तिहारको आगमनसँगै बजारमा चहलपहल बढेको छ । कोरोना भाइरसको जोखिम बढि रहदाँ बजारमा भने भाइ टीकाका लागि प्रयोग हुने भाइ मसला खरिद गर्नेको चहलपहल ह्वात्तै बढेको छ । काजु, बदाम, किसमिस ओखर, नरिवल आदिको मिश्रणलाई चलनचल्तीमा भाई मसला भन्ने गरिन्छ । राजधानीको ‘मखन गल्ली’ छिर्ने कुनादेखि निस्किने ठाउँसम्म हिजोआज भाइ मसलाको व्यापार बढेको छ । पाइलैपिच्छेका पसलहरूमा राखिएको काजु, बदाम, किसमिस ओखर, नरिवल आदि सजाइएको दृश्य पनि आकर्षक...