logo
२०८१ जेष्ठ ५ शनिवार

  मोतिपुरका झडप अपडेट  



मृत्यु हुनेको संख्या तीन पुग्यो, तीन गम्भीर घाइते

प्रदेश |


मृत्यु हुनेको संख्या तीन पुग्यो, तीन गम्भीर घाइते


छवि पाण्डे
भैरहवा, असोज २४ गते । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपमा परि तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार थप तीनजनाको अवस्था गंभीर रहेको छ । भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका १३ जना घाईतेहरु मध्ये तीन जनाको मृत्यु भएको हो ।
अस्पतालका जनसम्पर्क अधिकृत तेज केसीका अनुसार उक्त अस्पतालमा ५ जना प्रहरी सहित १३ जनाको उपचार भैरहेको छ ।
मोतिपुर औद्योगिक क्षेत्रमा आईतबार भएको झडपमा परि २० बढी घाईते भएका थिए । बाँकीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ ।
आईतवार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारीवीच झडप भएको थियो ।
एक सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।
औद्योगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका थिए । उता प्रदर्शनकारीको ढुंगा प्रहारबाट केही प्रहरीहरु समेत घाईते भएका छन ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र तथा वरिपरीको भूभागमा आईतबार साँझ ४ बजेदेखि कफ्र्यू लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आईतवार जारी गरेको आदेशमा आईतवार साँझ ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू लगाएको उल्लेख गरिएको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?