विचलन र विसङ्गतिमाथि प्रहार
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
नेपाली कवितामा विभित्र प्रयोग र परीक्षण भएका छन् । आफ्नो समयमा सबैले एकैखाले कविता लेखेनन् । जसले जे लेखे त्यही शैली र भाषा तिनका मौलिक परिचय बनेका छन् । कालक्रमिक चेतनामा आधारित राजनीतिक, सामाजिक, आर्थिक वा भूूसांस्कृतिक विम्ब र प्रतीकका घनत्वले निर्मित समकालीन कविताको शैली र स्वरूप धेरै फराकिलो भइसकेको छ । साहित्यका अन्य विधाका तुुलनामा सङ्ख्यात्मक रूपबाट धेरै लेखिने विषय कविता विधा नै हो । यो सरल भएर त्यसो भएको...