जडीबुटीको जड
गोरखापत्र अनलाइन ,
असार १३, २०७७ शनिबार
हाम्रा पुर्खाले अनिकालमा होस् या महामारीमा, बाँदरले चिथोर्दा या सर्पले डस्दा, बाघले झम्टिँदा होस् या भीरबाट लडेर चोट लाग्दा होस्, शरीरभरि आएका घाउखटिरा हुन् या दीर्घरोग नै किन नहुन्– सबै समस्याबाट छुटकारा पाउन जडीबुटीको प्रयोग गरेका थिए ।
जन्डिस ठीक पार्ने आकाशेबेली, चिसोबाट जोगाउने र अरूचि हटाउने अलैँची, भिटामिन सी को सर्वोत्तम प्राकृतिक स्रोत अमला, रक्तशुद्धिका लागि अशोक, अनिद्रा क