अनुभवका खानी
गोरखापत्र अनलाइन ,
असार २०, २०७७ शनिबार
संस्कृतमा एउटा भनाइ छ, मातृदेवो भव, पितृदेवो भव । यथार्थमा ज्येष्ठ नागरिक ‘जिउँदा देवता’ हुन् । यसो भन्नुको कारण वर्तमानमा जेजति उपलब्धि भएको छ, ती सबैका हकदार ज्येष्ठ नागरिक नै हुन् । ज्येष्ठ नागरिकले विगतमा गरेको मिहिनेत, बगाएको पसिना, लडाएको बुद्धि र विवेक तथा आरम्भ गरेको आधुनिक विकासले नै वर्तमान पुस्ता सुख र सुविधामा रमाउँछ । नेपालीमा एउटा उखान छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको (बुढाबुढीको) अर्थात् युवामा...