सचेत भावक लठ्ठिने निबन्ध
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
सच्चा स्रष्टा व्यक्तित्व आफैँमा एक रूपको जीवन बाँचेको हुन्छ । ऊ जहाँ जावस्– जीविकोपार्जनका लागि जागिरमा जावस्, व्यापारमा लागोस्, परदेश होमियोस् या स्वदेशमा नै रहोस् आफ्नो स्रष्टत्व अनुरूप आफूलाई खारेको हुन्छ । न उसलाई राज्यव्यवस्थाका तिगडमले छुन्छ, न कुर्सीका मादले उफार्छ, न पारिवारिक चाहनाले भ्रष्टताका दलदलमा फसाउँछ । जे बोल्छ– आचरण उस्तै, जे गर्छ– लेखन उस्तै, जे जस्तो छ ऊ सिर्जनाका चौडा फाँटमा रत्तिभर भिन्न नभई...