हिमालका नाम
गोरखापत्र अनलाइन
चैत्र १२, २०७८ शनिबार
नेपालका केही हिमालका नाम विदेशी भाषामा छन् । विदेशी भाषाका पनि धेरै त अङ्ग्रेजी नै छन् । अङ्ग्रेजीबाहेक फ्रेन्च, जापानी, तिब्बतीलगायत भाषामा पनि नेपालका हिमालका नाम छन् ।
विश्वकै अग्लो शिखर सगरमाथालाई यसको दक्षिणतर्पm बस्दै आएका कुलुङ, शेर्पा, तामाङ आदि र उत्तरतर्पmका तिब्बतीहरूले ‘चोमोलुङमा’ भन्छन् । आजभोलि यसलाई ‘माउन्ट एभरेस्ट’ नामले बढी चिनिन्छ । यस्तै, नेपालको पूर्वी भेगमा रहेको कञ्चनजङ्घा हिमशृङ्खलास्थित...