राउटे हिरो
गोरखापत्र अनलाइन
मंसिर ११, २०७८ शनिबार
“तिमीसँग सल्लाह छ, अलि यता आऊ न,” मलाई देख्नेबित्तिकै पछि लागेको उसले हाँस्दै भन्यो । मैले उत्सुक हुँदै सोधेँ, “के सल्लाह हो ?” “अलि यता आऊ न,” उसले मेरो पाखुरा समातेर आफूतिर तान्यो र कानमै मुख ल्याएर भन्यो, “नास्ता खान जाऊँ न, हुन्छ कि नाइँ ?” मैले उसबाट यस्तो प्रस्तावको आशा गरेकी थिइनँ । म अलि पछाडि सरेर उसको अनुहारमा हेरेँ । उसलाई एकदम निश्छल र निष्कपट देखेँ । यसले के भनेको होला भन्ने सोचेँ । मसँग घुम्नकै लागि जाने पनि उसको...