विक्षिप्त युग वाणी (कविता)
सायद म जस्ता महरू(हामीहरू)का अल्याख महरू घरघरमा, टोलटोलमा, सडकसडकमा गल्ली, गोरेटोहरूमा घरैघरसित, टोलैटोलसित, सडकै सडकसित गल्ली, गोरेटोहरूसित सन्किएका छन्, विक्षिप्तिएका हुन् ।
किन होला रो’की (कविता)
वातावरण धमिलो छ तुवाँलोले हो कि ? बगैँचामा फूलको थुँगा किन होला रो’की ?
मुक्तक
देखाउने र भन्ने काम फरक फरक भएका छन् लेखाउने र गन्ने ठाम फरक फरक भएका छन् जति बुझ्दै गयो उति हातमा लाग्यो शून्य मात्र बुझाउने बुझ्ने लाम फरक फरक भएका छन् ।
सपना
“अइया......” खाना खाँदै गरेकी सपना एक्कासि कराइन् । “के भो ?”, घरका परिवार जम्मा भए । सपना वाक्–वाक् गर्न थालिन् । मुुखभित्र हातका औँला हालिन् तर उनको घाँटीको दुखाइ कम भएन । बरु मुुखबाट रगत आउन थाल्यो । उनलाई तुरुन्त अस्पताल लगियो । आकस्मिक कक्षका डाक्टरहरूले जाँचपडताल सुरु गर्न थाले । अहो ! मानव शरीर जुुन बखत जे पनि हुनसक्छ । मत्र्यलोकमा जन्मिएका
नेपाली माटोको अग्र्यानिक स्वाद
समाजका नयाँ नयाँ विषयवस्तु उधिनेर आख्यान उन्न सफल हुनुहुन्छ अनन्त वाग्ले । नेपाली बालसाहित्यको मैदानमा उहाँको उपस्थिति सघन एवं घनीभूत छ । उहाँका बालसाहित्यका दर्जनौँ कृति नेपाली बालबालिकाको मनमस्तिष्कमा प्रभाव जमाउन सफल छन् । उहाँले किशोर समुदायको भावनामा आधारित भएर रचेको ‘यार्चा’ले राम्रै चर्चा बटुल्यो । विद्यालय बन्द गरेर यार्चा टिप्न जाने लर्कोमा मिसिएका हिमाली बाला र युवाको रोमाञ्चक कथा यार्चामा समाहित...