प्रदेश नामकरणको प्रस्ताव दुई महिनामा अगाडि बढ्छ : मुख्यमन्त्री राई
गोरखापत्र अनलाइन
फाल्गुन ४, २०७८ बुधबार
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणको छलफल प्रदेशसभाको चालु अधिवेशनमै अघि बढ्ने बताउनुभएको छ। नामाकरणमा सरकारको भूमिका समन्वयकारी मात्र रहेको भन्दै उहाँले विगतमा वातावरण तयार नपार्दा छलफल हुन नसकेको बताउनुभएको हो। ‘विगतमा विवादले नामाकरण रोकिएको होइन छलफल नबढाएर हो,’ मुख्यमन्त्री राईले भन्नुभयो।