आरन व्यवसायलाई आधुनिकीकरण गर्न नसक्दा लोप हुने खतरा
गोरखापत्र अनलाइन
आश्विन २१, २०७८ बिहीबार
पछिल्लो समय बढ्दैगएको आधुनिकीकरणका कारण परम्परागत पेशा आरन लोप हुनेक्रममा पुगेको छ । घरायसी काममा प्रयोग हुने हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन आधुनिक र व्यावसायिक बनाउन नसक्दा संकटमा पर्दैगएको हो ।